बिहिबार, साउन २८, २०८३

कानेपोखरीको ७ नम्बर वडामा राष्ट्रिय युवा संघ गठन, अध्यक्षमा सम्मर

असोज १० गते, पथरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ७ मा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन भएको छ ।

वडा भेलाले सम्मर सुनुवारको अध्यक्षमा ६१ सदस्य राष्ट्रिय युवा संघ नेपाल ७ नम्बर वडा कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा जीवन गुरुङ, सचिवमा भगिराज लिम्बू, सह–सचिवमा दिपक देउजा र कोषाध्यक्षमा वर्षा परियार चयन भएका छन् ।

एमाले जिल्ला सल्लाहकार संयोजक तथा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि, बिशेष अतिथि एमाले जिल्ला सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, अतिथिहरु नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरी गाउँ कमिटीका अध्यक्ष दानबहादुर बस्नेत, राष्ट्रिय खेलकुद महासंघ केन्द्रिय सचिवालय सदस्य चरण गुरुङ, नेकपा ऐमाले कानेपोखरी गाउँ कमिटी सचिवलाय सदस्य मोहनप्रसाद अधिकारी, राष्ट्रिय युवा संघ नेपाल केन्दिय सचिवलाय सदस्य तथा मदन भण्डारी स्पोर्ट्स ऐकेडेमी मोरङ अध्यक्ष भुपाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्दिय सचिवलाय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, खेलकुद महासंघका केन्द्रीय सदस्य कुमार फुयाँल, युवा संघ गाउँ कमिटी संयोजक अशोक फुयाँल लगायतको उपस्थिती थियो ।

नेकपा ऐमाले वडा नं. ७ का पार्टी अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रम संचालन मदन भण्डारी स्पोर्ट्स एकेडेमी गाउँ कमिटी सचिव राजकुमारी तामाङले गरेकी थिइन ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.