शुक्रबार, कार्तिक २१, २०८२

उर्लाबारीमा माओवादीबाट मेयरका उम्मेद्वार बनेका पौडेल एमालेमा

कार्तिक २९, उर्लाबारी । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मोरङको उर्लाबारी नगरपालिकाको मेयरका उम्मेद्वार राजेन्द्र पौडेल नेकपा एमालेमा संगठित भएका छन् ।

आईतबार एमाले जिल्ला पार्टी कार्यालय विराटनगरमा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल र जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले पौडेललाई पार्टी सदस्यता प्रदान गरे । लामो समयदेखि माओवादी केन्द्रको राजनीतिमा रहेका पौडेल विगतमा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीको सदस्य समेत भएका थिए । गत स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरको उम्मेद्वार रहेका उर्लाबारी ४ निवासी पौडेल तेस्रो भएका थिए । नेकपा विभाजनपछि पौडेल राजनीतिमा सक्रिय थिएनन् ।

पौडेलले नेकपा एमालेको सदस्यता लिँदा जिल्ला समन्वय समितिका संयोजक तथा एमाले प्रदेश कमिटी सदस्य नरेश पोखरेल, एमाले जिल्ला कमिटी सदस्य अग्नि भट्टराई, पुष्प ढकाल, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.