अनेरास्ववियु क्याम्पस कमिटीको अध्यक्षमा नविन गिरी चयन

फागुन १४ गते, कानेपोखरी । मोरङको कानेपोखरी ५, भौसाबारी स्थित रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियुको क्याम्पस कमिटी गठन भएको छ । नविन गिरीको अध्यक्षतामा ४१ सदस्य क्याम्पस कमिटी गठन भएको हो ।

आइतबार भएको भेलाले उपाध्यक्षमा मालती रेग्मी, सचिबमा निर्मला दंगाल, सहसचिवमा सिर्जन बुढाथोकि, बिबेक शाह र दीक्षा राजबंशी, कोषाध्यक्षमा सुजता गिरी सर्वसम्मत चयन भएका छन् । कार्यक्रममा बक्ताहरुले आगामी हुने स्ववियु निर्वाचनमा आफ्नो संगठनले जीत हासिल गर्नको लागि अहिले देखी नै लाग्नुपर्ने बताएका थिए ।

अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष्य तुलसी घिमिरेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एमाले जिल्ला सदस्य नविन पौडेल, एमाले कानेपोखरी गाउँ कमिटी अध्यक्ष सुशिल बुढाथोकी, गाउँ कमिटी सचिब चरण गुरुङ, एमाले वडा नं. ५ का अध्यक्ष युवराज लुइटेल, एमाले वडा न. ६ का अध्यक्ष्य कुमार फुयाल, अनेरास्वयु जिल्ला कमिटी उपाध्यक्ष रुपेश खड्का, सचिब बिरेन्द्र घिमिरे उपस्थित रहेका थिए ।

सम्बन्धित खवर