राजकुमारी तामाङ
चैत २७ गते, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कानेपोखरी गाउँकमिटि र ७ वटै वडाकमिटिका पदाधिकारी र सदस्यहरुले सपथग्रहण लिएका छन ।
शुक्रबार रमाइलो साकोसको प्राङ्गणमा भएको कार्यक्रममा पार्टीका जिल्ला कमिटि अध्यक्ष ऋषिकेश पोख्रेलले सपथग्रहण खुवाएका थिए । दानबहादुर बस्नेतको संयोजकत्वमा १६७ सदस्यीय गाउँ कमिटि विस्तार भएको छ । त्यसैगरी सह–संयोजक सुशिल बुढाथोकी, सचिवमा चरण गुरुङ, सह–सचिवमा भिम बस्नेत चयन भएका छन् ।
त्यसैगरी ७ वटै वडामा कमिटि विस्तार भएको छ । प्रत्येक वडामा ८५ जना सदस्य रहने गरी वडाकमिटि विस्तार गरेको हो । वडा नं. १ मा चन्द्र मगर अध्यक्ष, अर्जुन कार्की सचिव, वडा नं.–२ को अध्यक्षमा पर्शुराम खतिवडा र सचिवमा कमल रिजाल, वडा नं.–३ को अध्यक्षमा गोपाल कार्की, सचिवमा खिना दाहाल, त्यसैगरी वडा नं.–४ को अध्यक्षमा दिनेश सुब्बा, सचिवमा इश्वरी बस्नेत, वडा नं.–५ को अध्यक्षमा युवराज लुइँटेल र सचिवमा राम कुमार श्रेष्ठ, वडा नं.–६ को अध्यक्षमा कुमार फुयाल र सचिवमा चन्द्र मगर, वडा नं. –७ को अध्यक्षमा हरि न्यौपाने र सचिवमा रुद्र राई चयन भएका छन् ।
त्यसैगरी युवा संघ कानेपोखरी गाउँकमिटिको संयोजकमा असोक फुयाल चयन भएको छ । ७ वटै वडाबाट १ सय ९७ सदस्य चयन गरी गाउँकमिटि विस्तार गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, पार्टी प्रदेशकमिटि सदस्य, रामकुमार बस्नेत, भूमी समस्या समाधान आयोग जिल्ला अध्यक्ष डिपि राई, पार्टी जिल्ला सल्लाकार संयोजक तथा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले लगाएतले र युवा संघ नेपाल केन्द्रिय उपमहासचिव विजयी डाँगी लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा पार्टी जिल्लासचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले स्वागत मन्तव्य दिएका थिए । भूमी समस्या समाधान आयोग जिल्ला सदस्य मोहन तुम्वाफो, युवा संघ नेपाल केन्द्रिय सचिवलाय सदस्य तथा जिल्ला अध्यक्ष नवीन पौडेल पनि अतिथि रहेका थिए ।
कार्यक्रम जिल्ला कमिटि सदस्य तथा गाउँकमिटी अध्यक्ष भोला अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रम संचालन भूपाल श्रेष्ठले गरेका थिए ।