शुक्रबार, पुस २५, २०८२

कानेपोखरीको ६ नम्बर वडामा राष्ट्रिय युवा संघ गठन, अध्यक्षमा ऋषि पौडेल

असोज १४ गते, पथरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ६ मा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन भएको छ ।

नेकपा एमाले पार्टीको वडा भेलाले ऋषि पौडेलको अध्यक्षमा ११३ सदस्य राष्ट्रिय युवा संघ नेपाल ७ नम्बर वडा कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा महेश आर्चाय, सचिवमा उपेन्द्र पौइल, सह–सचिवमा भरत लिम्बु र कोषाध्यक्षमा मैतराज लिम्बु रहेका छन् । त्यसैगरी सदस्यहरुमा खगेन्द्र लिम्बु, दुर्गा अधिकारी, कमल पौडेल, राजन बस्नेत, रोहित कुमार सुबेदी, अर्पण लिम्बु, रुपेश रिजाल लगाएत रहेका छन् ।

एमाले प्रदेश सदस्य तथा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि, बिशेष अतिथि एमाले जिल्ला सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, अतिथिहरु नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरी गाउँ कमिटीका अध्यक्ष दानबहादुर बस्नेत, गाउँ कमिटी सहसंयोजक सुशिल बुढाथोकी, नेकपा एमाले कानेपोखरी गाउँ कमिटी सचिवलाय सदस्य खड्ग बस्नेत, नेकपा एमाले कानेपोखरी गाउँ कमिटी सचिवलाय सदस्य मोहनप्रसाद अधिकारी, राष्ट्रिय युवा संघ नेपाल केन्दिय सचिवलाय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, अनेरास्ववियु केन्द्रिय सचिवलाय सदस्य अनिल कार्की, राष्ट्रिय खेलकुद महासंघ केन्द्रिय सदस्य शिव राई, अनेमासंघ कानेपोखरी गाउँ कमिटि सचिव खिना दाहाल, युवा संघ गाउँ कमिटी संयोजक अशोक फुयाँल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

नेकपा एमाले वडा नं. ६ का पार्टी अध्यक्ष कुमार फुयलको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रम संचालन डम्बर खरेलले संचालन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.