असोज १४ गते, पथरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित एमाले ६ नं. शाखा कमिटीको विस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गर्दै एक दर्जन व्यक्ति एमालेमा प्रवेश गरेको छ ।
बुधबार रमाइलो साकोसमा भएको बैठकमा राप्रपाका क्षेत्रिय सदस्य कालीबहादुर लिम्बु र गत स्थानीय चुनावमा राप्रपाबाट वडा सदस्यमा उठेकी देवी माया थापा सहित एक दर्जन प्रवेश गरेको हो । त्यसैगरी रमा तामाङ, कृष्णमाया गुरुङ, कुमारी माझी, मैया धिमाल, पर्शुराम कटुवाल लगाएत एमालेमा प्रवेश गरेको छ ।
उनिहरुलाई एमाले प्रदेश सदस्य तथा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि, बिशेष अतिथि एमाले जिल्ला सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, अतिथिहरु नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरी गाउँ कमिटीका अध्यक्ष दानबहादुर बस्नेत,गाउँ कमिटी सहसंयोजक सुशिल बुढाथोकी लगाएतले खदा र अविरको टिका लगाएर स्वागत गरेका थिए ।
बैठकमा अन्य अतिथिहरु नेकपा एमाले कानेपोखरी गाउँ कमिटी सचिवलाय सदस्य खड्ग बस्नेत, नेकपा एमाले कानेपोखरी गाउँ कमिटी सचिवलाय सदस्य मोहनप्रसाद अधिकारी, राष्ट्रिय युवा संघ नेपाल केन्दिय सचिवलाय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, राष्ट्रिय खेलकुद महासंघ केन्द्रिय सदस्य शिव राई, अनेरास्ववियु केन्द्रिय सचिवलाय सदस्य अनिल कार्की, अनेमासंघ कानेपोखरी गाउँ कमिटि सचिव खिना दाहाल, युवा संघ गाउँ कमिटी संयोजक अशोक फुयाँल उपस्थित रहेका थिए ।
नेकपा एमाले वडा नं. ६ का पार्टी अध्यक्ष कुमार फुयलको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रम संचालन डम्बर खरेलले संचालन गरेका थिए ।