कानेपोखरीमा कृषकलाई २० वटा मकै छोडयाउने मेसीन प्रदान

जेठ २२, कानेपोखरी । कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा कानेपोखरीका कृषकलाई २० वटा मकै छोडयाउने प्रदान गरिएको छ ।

अभियान नेपालको आयोजनामा सोमबार गाउँपालिकामा भएको कार्यक्रममा ५० प्रतिशत अनुदानमा २० वटा मकै छोडयाउने  मेसीन २० वटा कृषि समूहलाई वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नामले २० वटा कृषि समूहलाई मेसिन हस्तान्तरण गरेका थिए ।

मेसिन पाउनेहरुमा वडा नं. १ बाट सयपत्री, खुशीयाली, लक्ष्मि उद्यमी महिला समूह, वडा नं. २ बाट लालीगुरास, मिलिजुलि, प्रगती, जनता र जनता उद्यमी महिला समूह, वडा नं. ३ बाट कालि मन्दिर, घुरघुरा र सृजना, वडा नं. ४ बाट हरियाली र श्रीगणेश, वडा नं. ५ बाट दुर्गा मन्दिर, सिंहदेवी, डुम्रीघाट, सिंहदेवी र सम्झाना, वडा नं. ६ बाट पौराखी र पाचथरे उद्यमी महिला समूह रहेका छन् ।

मकै छोडयाउने मेसीनलाई कृषकले ९ हजार ७ सय ५० र हेफरको अनुदान ९ हजार ७ सय ५० गरी जम्मा १९ हजार ५ सय रुपैया मुल्य रहेको छ । २० वटा मेसीनको मूल्य जम्मा ३ लाख ९० हजार रुपैया रहेको छ ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, नेपालका कार्यक्रम अधिकृत विशाल बस्नेत र कृषि शाखा प्रमुख सागर पौडेलले मन्तव्य राखेका थिए । अभियान नेपाल कार्यक्रम संयोजक हेम श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

 

सम्बन्धित खवर