पुस १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे –८, स्थित दोहोलुको कमल कृषि फर्ममा आगलागी हुँदा २ हजार ५ सय वटा कुखुरा जलेर नष्ट भएका छन् ।
फर्ममा रहेका २ हजार ५ वटा कुखुरा तथा कुखुराको खोर सम्पूर्ण रुपमा जल्दा ९ लाख रुपैयाँ बराबरको क्षति भएको फर्मका सञ्चालक कमलबहादुर भण्डारीले जनाए ।
रहस्यमय रुपमा हिजो वेलुका ५ बजेको समयमा आगलागी भएकाले कसैले आगो लगाइदिएको हुनसक्ने भण्डारीले बताए । नगरपालिका उपप्रमुख एवम् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला सहितको टोलीले आज त्यहाँको अनुगमन् गरेको छ ।