लेटाङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

चैत्र ६ गते, पथरी । मोरङको लेटाङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी भएका छन ।

आइतबार भएको स्ववियु निर्वाचनमा छवि श्रेष्ठको नेतृत्वको प्यानल विजयी भएको हो । अनेरास्ववियुबाट सभापतिको उम्मेद्वार छवि श्रेष्ठले १५३ मत ल्याई विजयी भएका थिए । सभापतिका प्रतिद्धन्दी नेविसंघका लेखनाथ दाहालले ११७ मत ल्याए ।

सचिव पदमा अनेरास्ववियुका पुजेस अधिकारीले १५२ मत ल्याई विजय भएका थिए । त्यस्तै नेविसंघका रेश्मा घलेले १२१ मत प्राप्त गरेकी थिइन् । त्यस्तै कोषाध्यक्ष पदमा अनेरास्ववियुका सागर पौडेलले १४६ मत ल्याई विजय भएका थिए भने नेविसंघका बिशाल पौडेलले १२३ मत मात्र ल्याएका थिए ।

सदस्यहरुमा अनेरास्ववियुबाट सम्झाना रिमाल १४८, उर्मिला तामाङ १४३, इन्दिरा तिम्सिना १४३, सुमित्रा मगर १५३, निशान भूजेल १५९ मत ल्याई विजय भएका छन् ।

त्यसैगरी समानुपातिकमा अनेरास्ववियुले ४ र नेविसंघले ३ सिट प्राप्त गरेका छन् ।

 

सम्बन्धित खवर