मङ्लबार, कार्तिक १८, २०८२

धिमाल पत्रकार मञ्चको अध्यक्षमा पुनः विजय धिमाल चयन

२१ पुस, उर्लाबारी । धिमाल पत्रकार तथा साहित्य उत्थान मञ्चको अध्यक्षमा पुनः विजय धिमाल चयन भएका छन् । आज उर्लाबारी–३ स्थित धिमाल जातीय विकास केन्ऽको केन्ऽीय कार्यालयमा भएको तेस्रो राष्ट्रिय अधिवेशनले विजय धिमालको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा अष्टनारायण धिमाल, महिला उपाध्यक्षमा दिपा धिमाल, महासचिवमा राजेन्ऽ धिमाल, सचिवमा दिनेश धिमाल, कोषाध्यक्षमा प्रिया धिमाल तथा सदस्यहरुमा डम्बर धिमाल, जगत धिमाल, विकास धिमाल, गोविन्द धिमाल, काजल धिमाल, अन्जली धिमाल र रोशन धिमाल सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनमा प्रमुख अतिथि धिमाल जातीय विकास केन्ऽका केन्ऽीय सह–अध्यक्ष कृष्णबहादुर धिमाल, केन्ऽीय कोषाध्यक्ष रत्नबहादुर धिमाल, सचिवालय सदस्य अजितकुमार धिमाल, धिमाल जातीय विकास केन्ऽका परियोजना विभाग सदस्य रामप्रसाद धिमाल लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

धिमाल पत्रकार तथा साहित्य उत्थान मञ्चका अध्यक्ष विजय धिमालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष अष्टनारायण धिमालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा महिला उपाध्यक्ष दीपा धिमालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.