झापामा मिसन ग्रासरुट अभियान आरम्भ

फागुन १९ गते, झापा । नेकपा (एमाले) केन्द्रीय कमिटीले देशव्यापी रूपमा सञ्चालनमा ल्याएको मिसन ग्रासरुट अभियानअन्तर्गत गौरादह नगरपालिका कमिटी, झापाले कार्यारम्भ गरेको छ ।

अन्तरपार्टी संगठनात्मक क्षेत्रको कामको पहिचान, समग्र उठान, सुदृढिकरण र बिस्तारका लागि मिसन ग्रासरुट अभियान सुरु गरेको हो । अभियानता केन्द्रीय अभियन्ता कमरेड युवराज बास्कोटाले मिसनले समेट्नुुपर्ने राजनीतिक–बैचारिक र अन्तरसंगठनात्मक विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । अभियानअन्तर्गत जोडिनुपर्ने विषयवस्तुुका बारेमा प्रदेशबाट खटिनु्भएका अभियन्ताहरू कमरेड श्रीप्रसाद मैनाली, हिरा थापा, राजुु थापा र जिल्ला अध्यक्ष कमरेड दीपक कार्कीले सम्बोधन गर्नु भएको थियो ।

बैठकले पालिकाभरि कामको योजना तर्जुनासम्बन्धी गृहकार्य गर्न पदाधिकारीमा रहनुभएका मित्रदेव काफ्ले, गजेन्द्र घिमिरे, जीवन कार्की, प्रकाश पराजुली, उपेन्द्र निरौला र भीमविजय बास्तोलालाई जिम्मेवारी दिएको छ भने गौरादहलगायतको मतबाट विजयी प्रदेशसभा सदस्य माननीय हिक्मतकुमार कार्कीको नेतृत्व र अगुुवाइमा प्रदेश नं. १ ले नामाङ्करण पाएको खुशीमा आज फागुन १९ गते साँझ हिपोचौकमा हर्षोल्लासका साथ दीप प्रज्ज्वल आयोजना गर्ने निर्णय गरेको छ ।

नगरपालिका कमिटी अध्यक्ष मित्रदेव काफ्लेको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

सम्बन्धित खवर